अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत
नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट सुझाव लिएको हो। कार्यक्रममा अध्यक्षका उम्मेदवार भण्डारीसहित उनको प्यानलका अन्य उम्मेदवारहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार जनक भण्डारीले आफू निर्वाचित भएमा एनएसटीको गरिमालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली समाज विश्व मानचित्रमा एक गौरवमय संस्था भएको बताउँदै यसले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्स जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई जन्म दिएको ...


















