Advertisement

English

बालुवाटारमा कसरी छिर्‍यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै रस्साकस्सी चलिरहेको थियो । ६ महिनाका लागि बनेको सरकारलाई पूर्णता दिन करिब डेढ महिना लागिसकेकोले छिटो नाम टुंगो लगाउने हतारो थियो ।

मन्त्रीहरूका लागि प्रधानमन्त्री कार्कीसमक्ष जेनजी अगुवाका विभिन्न समूहहरूले नाम सिफारिस गरिरहेका थिए । तीनै सिफारिस भएकाहरू मध्येबाट आइतबार बिहान मन्त्री बनाउने सूचीमा रहेका चार जना व्यक्तिको नाम बाहिरियो– सुधा शर्मा, बल्लु गुप्ता, गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनार ।

 

तीमध्ये शर्मा र गुप्ताको मात्र दिउँसो शपथ भयो । मन्त्री बन्ने सूचीबाट गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाम काटियो । चार जना मन्त्रीमा दुई जनाको नाम शपथ अघि नै हटाउने अवस्था आएपछि अहिले प्रधानमन्त्री र उनको टिमको परिपक्वतामाथि प्रश्न उठ्न थालेको छ ।

कसरी विवादित व्यक्ति खगेन्द्र सुनारको नाम बालुवाटारमा मन्त्री बन्ने सूचीमा चढ्यो रु र किन गणपतिलाल श्रेष्ठको नाम पर्यटन मन्त्रालयबाट भूमिसुधारमा सारियो रु

 

यसका पछाडि केही साता र दिनयताका घटनाहरू जोडिएका छन् ।

खगेन्द्र सुनारको नाम कसरी प्रवेश भयो रु

मन्त्रिपरिषद्लाई पूर्णता दिने सन्दर्भमा सबै जाति, समुदाय र भेगको प्रतिनिधित्व गराउने बहस चल्दै गर्दा सुनारको नाम जेनजीकै एउटा समूहले प्रस्ताव गरेको थियो । सरकारमा दलितको प्रतिनिधित्वका हिसाबले यसअघि नै मदन परियारको मन्त्रिपरिषद्मा प्रवेश भइसकेको थियो । तर, पछिल्लोचोटी मन्त्रिपरिषद्मा उनलाई कर्णालीको प्रतिनिधित्व गराउने सन्दर्भमा नाम बालुवाटारमा पुगेको थियो ।

सुनारले दलित अधिकारका लागि लडेको, स्पष्ट बोल्ने र अधिकारका लागि संघर्षरत व्यक्ति भन्दै उनको चर्चा गरिएको थियो । त्यही क्रममा उनले पनि मन्त्री बन्नका लागि जेनजीका विभिन्न समूहसँग धाइरहेका थिए । जसको बलमा उनको नाम बालुवाटारमा पुग्यो । सुनार आफैं पनि प्रधानमन्त्रीका लागि अपरिचित पात्र थिएनन् । त्यसैले शनिबार साँझसम्म उनलाई मन्त्री बनाउने कुरा भयो ।

तर जब मन्त्री बन्ने निश्चित जस्तो भयो त्यसपछि जेनजीकै केही महिलाहरूले सुनारले विगतमा महिलाहरूप्रति अपमान गरेको, ट्रयाक रेकर्ड राम्रो नरहेको भन्दै बालुवाटारमा खबर पुर्‍याए । त्यसपछि उनलाई श्रम तथा रोजगारमन्त्री बनाउने कि नबनाउने भन्ने अन्योल थियो । प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार बिहान चार जना मन्त्रीको नाम सार्वजनिक भएपछि सुनारका बारेमा विगतका विवादसहितका सबै प्रमाणहरू बाहिर आए । जुन प्रमाणहरूको आधारमा उनलाई मन्त्री बनाउन सिफारिस गर्ने जेनजी समूहले पनि ‘गलत सिफरिस गरेछौं’ भन्दै आफैं सन्देश पठाएका थिए । त्यसपछि सुनारको नाम सूचीबाट हट्यो । सुनारविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी जारी भएको थियो । उनले एक महिला अधिवक्ता विरुद्ध लेखेको लेखेका थिए । २०७८र७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस
खगेन्द्र सुनार स् जारी भएको थियो पक्राउ पुर्जी, महिला अधिवक्ताविरुद्ध लेखेका थिए अपशब्द
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

 

सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा। सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो ।

उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यी दुवै मुद्दा फर्स्योट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा छ ।

अदालतको अपहेलना, अपशब्द र विद्युतीय कारोबारको आरोप लागेका सुनार काभ्रेपलाञ्चोक जिल्ला अदालतको फरार सूचीमा रहेका थिए ।

अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् ।

प्रहरीले २०८२ साल साउन २ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारको पक्राउ पुर्जी जारी भएको थियो ।

साउन ५ गते पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा सुनार पक्राउको लागि पत्र पठाइएको थियो ।

गणपतिलालको मन्त्रालय किन फेरियो रु

सम्पदा अभियानकर्मी गणपतिलाल श्रेष्ठको नाम सुरुदेखि नै मन्त्री बन्ने सूचीमा थियो । सुशीला कार्कीले पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नै उनको नाम जेनजीको एउटा समूहले प्रस्ताव गरेको थियो । तर अर्को समूहले उनको नाम रुचाएको थिएन । त्यसैले पहिलो विस्तारमा उनको नाम समेटिएन । तर, त्यसपछि पनि पटक–पटक उनको नाम निरन्तर आएपछि यसपालि गणपतिलाललाई मन्त्री बनाउने करिब निधो भयो ।

उनले सुरुमा मागेका थिए, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी । संस्कृतिकर्मी भएकाले यो मन्त्रालय आफ्ना लागि सहज हुने उनको दाबी थियो । त्यही दाबी अनुसार उनको नाम टुंगिए पनि आइतबार बिहान उनलाई भूमिसुधारमन्त्री भनेर तोकियो । त्यसमा असन्तुष्टि जनाउँदै उनले मन्त्री बन्न अस्वीकार गरे । मन्त्री बनाउने सन्दर्भमा शनिबार के कुरा भएको थियो रु गणपति आफैंले सार्वजनिक गरेको विवरणअनुसार, उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा बालुवाटारमा आफ्नो अनुभव तथा योजना पेश गरे ।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन सक्षम व्यक्ति रहेको भन्दै प्रधानमन्त्रीले आइतबारको लागि शपथको तयारी गर्न भनिन् । शपथमा नेवारी परम्परागत पोशाक लगाएर आउन उनले भनेकी थिइन् । त्यही अनुसार गणपतिले तयारी गरेका थिए ।

तर बिहान उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीकोरूपमा नियुक्त हुन लागेको जानकारी सञ्चार माध्यमबाट पाएको बताए । केही समयपछि गृहमन्त्रीले आफूलाई फोन गरेको र ‘तपाईं विरूद्ध ठूलै शक्ति लागेको छ’ भन्दै प्रधानमन्त्रीनै भेट्न सुझाव दिएको उनको दाबी छ । त्यसपछि उनी प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार गएका थिए । त्यहाँ प्रधानमन्त्री कार्कीले ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गुठी, मठ मन्दिर यसै मन्त्रालयमा छ तपाईंको क्षेत्राधिकारमा पर्छ’ भनेको उनको दाबी छ ।

यो पनि पढ्नुहोस
‘पर्यटनबाट भूमिसुधारमा मेरो नाम हेरफेर गर्ने अदृश्य शक्ति के थियो रु’
‘हाल बनेको सरकार विषय विज्ञताको आधारमा बन्नु पर्ने सर्वसाधारणको माग रहेको मेरो धारणा पनि त्यहि भएकोले म मन्त्री बन्नको लागि मन्त्रि बन्न अनिच्छुक रहेको पुनस् प्रस्ट पारेको थिएँ’ उनले प्रेस विज्ञप्ति नै जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

 

यो त भयो किन मन्त्री नबनेको भन्ने गणपतिलाको आफ्नो स्पष्टीकरण । प्रधानमन्त्री निक स्रोतका अनुसार, भने कुरा अलि भिन्न छ । उनलाई सुरुदेखि नै पर्यटनमन्त्री बनाउनका लागि विभिन्न समूहबाट नामहरू आइरहेको थियो । तर एउटा समूहले उनको नामलाई स्वीकारिरहेको थिएन । किनकी अहिले एमालेबाट निर्वाचित काठमाडौंकी उपमेयर सुनिता डंगोलसँग निकट भएर काम गरेको आरोप लगाउँदै रुचाइरहेको थिएन ।

तर उनी आफैं चाहिँ संस्कृति सम्पदाहरूमा काम चाहिँ गरिरहेका थिए । त्यसैले उनले गुठीको विषयमा पनि काम गरेकाले भूमिसुधार मन्त्रालयमा गएर काम गर्न प्रधानमन्त्रीले पटकपटक आग्रह गरेकी थिइन् । तर, उनले पर्यटनको ढिपी गरिरहे ।

गुठीहरूलाई पर्यटन मन्त्रालयमा ल्याउने उनको योजना पनि थियो । चुनावी सरकारमा मन्त्री बन्न खोज्ने व्यक्ति किन एउटै मन्त्रालयमै लगातार ढिपी गरिरहेका छन् भन्ने शंका त बालुवाटारमा भइरहेको थियो । यही आशंकाका बीचमा मन्त्री बनाउन हिँड्ने लबिङ ग्रुपमा को–को छन् भन्ने ट्रयाक रेकर्ड पनि प्रधानमन्त्री निकट व्यक्तिहरूले खोजेका थिए ।

स्रोतका अनुसार, त्यसक्रममा गणपतिलाल मन्त्री बनेको अवस्थामा विगतमा पर्यटन मन्त्रालयमा नेक्सस चलाइरहेका एक शक्तिशाली व्यक्तिकै प्रभाव नघट्ने तथ्य भेटियो । त्यसपछि उनलाई पर्यटनमन्त्री बनाउनै नहुने निष्कर्षमा प्रधानमन्त्री पुगिन् र राष्ट्रपति कहाँ भूमिसुधारमन्त्री रुपमा सिफारिस गरिन् । तर उक्त मन्त्रालयमा उनले नजाने निर्णय लिए ।

मन्त्री बनाउने क्रममा भइरहेको अनेकथरी गञ्जागोलपछि प्रधानमन्त्री अब मन्त्रिपरिषद्लाई यतिमै सिमित राखेर जाने कि भन्नेमा पुगेकी छन् । वरिष्ठ मन्त्रीहरूले पनि उनलाई धेरै मन्त्री बनाउने भन्दा पनि अब मन्त्रिपरिषद्ले पूर्णता पाएको सन्देश दिनुपर्ने सुझाव दिएका छन् ।साभार ः अनलाईन खवर

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,

अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्...
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, ...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...
अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्...
रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz