Advertisement

English

बजेट अभावमा बुधबारदेखि बन्द भयो अमेरिकाको सरकार

सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्द सुरू भएको हो।

बन्दको बेला संघीय निकायले कर्मचारीहरूलाई व्यापक रूपमा बेतलबी बिदामा पठाउने र सार्वजनिक सेवाहरू कटौती गर्ने अपेक्षा गरिएको छ।

दक्षिणपन्थी रिपब्लिकन पार्टीले सानो सरकारको वकालत गर्छ। सरकारको व्यापक भूमिका हुनुपर्छ भन्ने डेमोक्र्याटिक पार्टीले बजेट पास हुन नदिए सरकारको आकार घटाउन धेरै दरबन्दी खारेज गर्ने रिपब्लिकन पार्टीले धम्की दिँदै आएको थियो।

त्यसैले यसको प्रभाव दुर्गामी हुन सक्ने भनेर द वाल स्ट्रिट जर्नलले लेखेको छ।

अमेरिकामा संघीय आर्थिक वर्ष अक्टोबर १ बाट सुरू हुन्छ। त्यसअघि नै संघीय बजेट संसदले पारित गर्नुपर्छ।

ीबहmष् दबलप
उसो त अमेरिकाको दुवै सदनमा रिपब्लिकनको स्पष्ट बहुमत छ। तर सत्तारूढ दलले मनपरी नगरून् भनेर सिनेटमा बजेट जस्तो केही विधेयकमा ुफिलिबस्टरु को प्रावधान हुन्छ। फिलिबस्टर भनेको आफूलाई मन नपरेको विधेयकमा घण्टौंसम्म बोलेर प्रक्रिया लम्ब्याइ त्यसमा मतदान हुन नदिने उपाय हो। फिलिबस्टर लाग्ने विधेयक विपक्षीको सहयोग बिना पास गर्न ६० मत चाहिन्छ।

नोभेम्बर २१ सम्म सरकारी खर्च जोहो गर्ने रिपब्लिकनको योजनाले मंगलबारको मतदानमा ५५ भोट मात्रै पायो।

ल्अभिि
अक्टोबरको अन्त्यसम्म स्रोत जुटाउने डेमोक्र्याटिक पार्टीको छुट्टै योजना पनि ४७ विरूद्ध ५३ मतले पराजित भयो। सो योजनामा स्वास्थ्य सेवा खर्चमा १० खर्ब डलरभन्दा बढी थप्ने प्रस्ताव गरिएकाले रिपब्लिकनले त्यसलाई असफल पारे भनेर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले लेखेको छ।

विपक्षीको माग अनुसार केही बजेट दिन राजी भएपछि अमेरिकामा जुन पार्टीको राष्ट्रपति भए पनि प्राय संघीय बजेट पास हुने गर्छ। यस पटक भने त्यस्तो सहमति हुन सकेन।

अमेरिकामा पछिल्लो सरकार बन्द ट्रम्पको पहिलो कार्यकालमा भएको थियो।

ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माणका लागि पैसा छुट्टयाउने मागमा डेमोक्र्याटिक सांसद सहमत नभएपछि २०१८ डिसेम्बर देखि ३५ दिनसम्म सरकार बन्द भएको थियो।

९विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको०

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बालुवाटारमा कसरी छिर्‍यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै ...
दुर्गा मुर्ति विर्सजनको क्रममा भएको स्थानीय बिचको विवाद सहमतिमा टुङ्गियो

दुर्गा मुर्ति विर्सजनको क्रममा भएको स्थानीय बिचको विवाद सहमतिमा टुङ्गियो

बाँके ः बाँकेको नेपालगन्ज स्थित फुलटेक्रामा दुर्गा मुर्ति विर्सजनको े रयालीमा भएको स्थानीय बिचको विवाद अन्तत जिल्ला प्रहरीकार्यालय...
बजेट अभावमा बुधबारदेखि बन्द भयो अमेरिकाको सरकार

बजेट अभावमा बुधबारदेखि बन्द भयो अमेरिकाको सरकार

सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्...
बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह

बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक...
कर्णाली विकास  बैंक घोटालामा मिश्र परिवारको  संलग्नता

कर्णाली विकास बैंक घोटालामा मिश्र परिवारको संलग्नता

नेपालगञ्जःबाँकेको नेपालगन्जस्थित कर्णाली विकास बैंकमा भएको तीन अर्ब २० करोड ११ लाख ५४ हजारको घोटालामा नेपालगन्जका एमाले नेता तथा ब...
ओली र विद्याको भेटवार्ता सकियो

ओली र विद्याको भेटवार्ता सकियो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । उनीहरूबीच एमाले ...
स्वास्थ्य बिमा कार्यक्रम कडा रोगका बिरामीलाई दुई लाख रुपैयाँ उपचार सहायता

स्वास्थ्य बिमा कार्यक्रम कडा रोगका बिरामीलाई दुई लाख रुपैयाँ उपचार सहायता

बाँके ः स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्तिहरूले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन्। आठ जटिल रोगका बिरामीहरू...
कार्यालय सहायक कोईली शाही झुण्डिएको अवस्थामा फेला

कार्यालय सहायक कोईली शाही झुण्डिएको अवस्थामा फेला

नेपालगञ्ज ः लुम्विनी प्रदेश रुकुम पूर्वको सिस्ने गाउँपालिका कार्यालय सहायक पदमा कार्यरत कोईली शाही आफ्नै कोठामा मृत अवस्थामा फेला ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज