बाँके ः बाँकेको नेपालगन्ज स्थित फुलटेक्रामा दुर्गा मुर्ति विर्सजनको े रयालीमा भएको स्थानीय बिचको विवाद अन्तत जिल्ला प्रहरीकार्यालय बाँकेको सक्रिययतामा सहमतिमा टुङ्गो लागेको छ ।
फुलटेक्राकी एक स्थानीय महिलाले आफुले प्रयोग गरेको प्याड फाल्दा सडकमा हिडिरहेका पुरुषको टाउकोमा परेपछि दुई पक्षबिच भएको विवाद प्रहरीसम्म पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त फोहरफाल्ने व्यक्तिको पहिचान गरी नियन्त्रण्मा लिएपछि दुवै पक्षको सहमतिमा सो विवादको समाधान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पिडित पक्षले नियतवस सो कार्य गर्ने मनसायले नभइृ भुलवस गरेको सानो वच्चा भएको र मानविय नाताले मानविय संवेदनशिलतालाई समेत ध्यानमा राखी क्षमायाचना गरी माफी दिई पिडित पक्षले कानुनी कारवाही अगाडी नवढाउने भनी सहमति गरी एकआपसमा मिलापत्र गरी विवाद टुङ्गो लगाइृएको छ ।
सो घटनाले चर्को रुप लिने क्रममा रहेको उक्त विवाद अन्तत बाँके प्रहरीको सक्रियतामा सहमति भएको जनाइृएको बताउँछ ।
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।