Advertisement

English

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्रर्वद्धन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अठोट लिएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको उद्योगीरव्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो अठोट लिएका हुन् ।

प्रचार–प्रसारको अन्तिम दिन उद्योगी÷व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेसको अर्थ÷व्यवसायको उदार नीतिले नै नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन भएको बताए । व्यवसायीका सवाललाई आफुले पनि उच्च प्राथमिकतामा राखेको कोइरालाको भनाई छ । उम्मेदवार कोइरालाले नेपालगन्जको उद्योग, व्यवसाय विकासमा आफु जानकार रहेकाले निर्वाचित भएपछि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

‘अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्,’ उनले भने, ‘म उद्योगी, ब्यवसायीसँग बसेको छु, उद्योगी ब्यवसायीका धेरै पीडा छन्, मैले राम्ररी बुझेको छु ।’ कार्यक्रममा नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक गोपालप्रसाद अधिकारीले बद्लिएको काँग्रेसले नै देशको अर्थतन्त्रलाई उभो लगाउन सक्ने स्पष्ट भिजन प्रस्तुत गरेको भन्दै काँग्रेसका उम्मेदवारलाई जिताउन आहवान गरे ।

नेपालगन्ज क्षेत्रका प्रतिष्ठित उद्योगी÷व्यवसायी सम्मिलित भेलाले कोइरालालाई समर्थन गर्दै अग्रिम विजयीको शुभकामना दिएका थिए । नेपालगन्जका वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्यले उम्मेदवार कोइराला जित नजिक पुगिसकेको भन्दै शुभकामना दिएका थिए । उनले अहिले उद्योगी, ब्यवसायीले आफ्ना माग राख्ने भन्दापनि निर्वाचित भएपछि बसेर उद्योगी, ब्यवसायीका समस्या र सवालबारे कोइरालासँग छलफल गरिने बताए ।

उक्त कार्यक्रममा ब्यवसायी धु्रब प्रसाद दाहालले कोइराला मात्र स्पष्ट भिजन र क्षमता भएको उम्मेदवार भएको बताएका थिए । कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आ...
नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा उपचारको क्रममा ...
मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

बाँकेैं, फागुन १७ गते । मधेशी एकता समाज अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्य...
करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

डिलबहादुर शाही नेपालगञ्ज ः २०८२ साल फाल्गुण २१ गते भएको प्रतिनिधी सभा निर्वाचन छिटफुट घटनावाहेक शान्त्तिपुर्ण रुपमा सम्पन्न भएको ...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपाल...

सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल

सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिक...
साकार कृषि सहकारीको  १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारीको १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारी संस्था लिमिटडे राप्तीसोनारी गाउँपालिका–६, टेपरी बाँकेको १४ औँ वार्षिक साधारणसभा शुक्रवार एकसाथ ६ स्थानमा सु सम्प...

बालुवाटारमा कसरी छिर्‍यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज