दुर्गा मुर्ति विर्सजनको क्रममा भएको स्थानीय बिचको विवाद सहमतिमा टुङ्गियो
बाँके ः बाँकेको नेपालगन्ज स्थित फुलटेक्रामा दुर्गा मुर्ति विर्सजनको े रयालीमा भएको स्थानीय बिचको विवाद अन्तत जिल्ला प्रहरीकार्यालय बाँकेको सक्रिययतामा सहमतिमा टुङ्गो लागेको छ ।
फुलटेक्राकी एक स्थानीय महिलाले आफुले प्रयोग गरेको प्याड फाल्दा सडकमा हिडिरहेका पुरुषको टाउकोमा परेपछि दुई पक्षबिच भएको विवाद प्रहरीसम्म पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त फोहरफाल्ने व्यक्तिको पहिचान गरी नियन्त्रण्मा लिएपछि दुवै पक्षको सहमतिमा सो विवादको समाधान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पिडित पक्षले नियतवस सो कार्य गर्ने मनसायले नभइृ भुलवस गरेको सानो वच्चा भएको र मानविय नाताले मानविय संवेदनशिलतालाई समेत ध्यानमा राखी क्षमायाचना गरी माफी दिई पिडित पक्षले कानुनी कारवाही अगाडी नवढाउने भनी सहमति गरी एकआपसमा मिलापत्र गरी विवाद टुङ्ग...











