काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । त्यसका लागि शुक्रबार९आज० बोर्ड बैठक बस्ने तयारी गरिएको उनले बताए ।
भट्टराईले भने, ‘नतिजाको अन्तिम चरणमा छौँ, तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन, त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ ।’ सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक शुक्रबार बस्ने भए पनि समय भने निर्धारण भइसकेको छैन । २०८१ सालको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।