एसईई को नतिजा प्रक्रिया अन्तिम चरणमा
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । त्यसका लागि शुक्रबार९आज० बोर्ड बैठक बस्ने तयारी गरिएको उनले बताए ।
भट्टराईले भने, ‘नतिजाको अन्तिम चरणमा छौँ, तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन, त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ ।’ सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक शुक्रबार बस्ने भए पनि समय भने निर्धारण भइसकेको छैन । २०८१ सालको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए...











