डिलबहादुर शाही
नेपालगञ्ज। बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा आजदेखी मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको भेरी अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभएको छ ।
सुवेदीका अनुसार आज पहिलोपटक भेरी अस्पतालमा दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न शुरु भईसकोको जानकारी दिनुभएको छ ।

शहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोलीले आज भेरी अस्पतालल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण गर्न थालिएको हो ।
भेरी अस्पतालमा एक महिनामा एक जनाको मृगौला प्रत्यारोपण गरिने र आवश्यक जनशक्तिको व्यवस्था भएपछी मृगौला प्रत्यारोपणको संख्या वढाउदै लिने भेरी अस्पतालका अध्यक्ष विरेन्द्र शाहले वताउनुभएको छ ।
मृगौला प्रत्यारोपणका लागि डा.पुकार चन्द्र श्रेष्ठको टिम लगायत भेरी अस्पतालमा कार्यरत नेफ्रोलोजिष्ट डा. शौरभसिंह हमालको टिम रहेको थियो ।
भेरी अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएको भएतापनि कतिपय विरामीहरु डायलासिसको पालो नपाएर छिमेकी देशको लखनउमा गएर डायलासिस गराइृरहेका छन् ।

अस्पतालले पछिल्लो समय जलनका बिरामीका लागि छ शय्याको छुट्टै वार्ड, २० शय्याको सर्जिकल वार्ड, १६ शय्याको पोष्ट अपरेटिभ वार्ड, नयाँ ओपिडीसमेत सञ्चालनमा ल्याएको छ ।
भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा शुरु गरिएतापनि डायलासिस सेवामा विरामीको चाप वढदै गएकाले डायलासिस सेवा थप गर्नतर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।