नेपालगञ्ज ः सडक खन्ने क्रममा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिम जिल्लाको सदरमुकामदेखी करीव ७ घण्टाको दरीमा पर्ने बाँफिकोट गाउँपालिका वडा नम्बर २ र ३ को सिमाना जोड्ने भाग भित्री सडक खन्ने क्रममा झिम्रुछिप्रा खोलामा भे १ क २२३० नम्बरको एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
स्काभेटर चालक सल्यान बनगाड कुपिण्डे नगरपालिका ७ का ३५ वर्षीय भोलबहादुर बुढाथोकीकोको बाटो खन्ने क्रममा करिब ३० मिटर माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो ।
सो घटना लगत्तै इलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी नायब निरीक्षक राजेन्द्रकुमार रानाको नेतृत्वमा २ जनाको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको थियो ।
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।