एक जनाको मृत्यु
नेपालगञ्ज ः सडक खन्ने क्रममा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिम जिल्लाको सदरमुकामदेखी करीव ७ घण्टाको दरीमा पर्ने बाँफिकोट गाउँपालिका वडा नम्बर २ र ३ को सिमाना जोड्ने भाग भित्री सडक खन्ने क्रममा झिम्रुछिप्रा खोलामा भे १ क २२३० नम्बरको एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
स्काभेटर चालक सल्यान बनगाड कुपिण्डे नगरपालिका ७ का ३५ वर्षीय भोलबहादुर बुढाथोकीकोको बाटो खन्ने क्रममा करिब ३० मिटर माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो ।
सो घटना लगत्तै इलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी नायब निरीक्षक राजेन्द्रकुमार रानाको नेतृत्वमा २ जनाको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको थियो ।...











