Advertisement

English

Breaking News 1

स्वास्थ्य बिमा कार्यक्रम कडा रोगका बिरामीलाई दुई लाख रुपैयाँ उपचार सहायता

स्वास्थ्य बिमा कार्यक्रम कडा रोगका बिरामीलाई दुई लाख रुपैयाँ उपचार सहायता

Breaking News 1
बाँके ः स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्तिहरूले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन्। आठ जटिल रोगका बिरामीहरूले हाल पाइरहेको एक लाख उपचार सुविधामा आजदेखि थप एक लाख गरी कुल दुई लाख रुपैयाँसम्मको उपचार सहायता पाउने छन्। ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ आजबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं’ स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भन्नुभयो । उक्त आठ जटिल रोगमा क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रहेका छन्।...
लुम्विनी प्रदेश मुख्यमन्त्री आचार्यले प्रहरी अस्पताल नेपालगञ्जलाई ५० शैयाको अस्पताल वनाउने प्रतिवद्दता

लुम्विनी प्रदेश मुख्यमन्त्री आचार्यले प्रहरी अस्पताल नेपालगञ्जलाई ५० शैयाको अस्पताल वनाउने प्रतिवद्दता

Breaking News 1
डिल बहादुर शाही नेपालगञ्ज। लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जमा करीव ९ करोडको लगानीमा नवनिर्मित भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको छ । उक्त भवनमा रहेको अप्रेसन थ्रियटर कक्षको अवलोकन गर्दे अप्रेसन थ्रियटरमा आवश्यक मेसिनरी सामानहरु उपलव्ध गराउने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विस्तार गरी सेवा थप गर्र्नका लागि प्रदेश सरकारको तर्फवाट पुर्यासहयोग रहने वताउनुभएको छ ।   मुख्यमन्त्री आचार्यले भन्नुभयो,’यसलाई १५ शैयामा सीमित गर्नु हुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५...
एसईई को नतिजा प्रक्रिया अन्तिम चरणमा

एसईई को नतिजा प्रक्रिया अन्तिम चरणमा

Breaking News 1
काठमाडौं :  माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । त्यसका लागि शुक्रबार९आज० बोर्ड बैठक बस्ने तयारी गरिएको उनले बताए । भट्टराईले भने, ‘नतिजाको अन्तिम चरणमा छौँ, तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन, त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ ।’ सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक शुक्रबार बस्ने भए पनि समय भने निर्धारण भइसकेको छैन । २०८१ सालको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए...

चट्याङ लागेर एकजनाको मृत्यु

Breaking News 1
रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका १० बर्नेटीकी ४८ वर्षीया गणेशा ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरी प्रसाद पुनले वताउनुभएको छ । चट्याङ लागेर गम्भीर घाइते अवस्थामा रहेकी ओलीको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको थियो । उक्त शव पोष्टमार्टमपछि आफन्तलाई बुझाउने प्रहरीले वताएको छ ।...
प्रथम नगर स्तरिय मेयर कप कार्यक्रम सम्पन्न

प्रथम नगर स्तरिय मेयर कप कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्व खेलाडी समाज बाँकेले संचालन गरेका प्रथम नगर स्तरिय मेयर कप कार्यक्रम सम्पन्न भएको छ । सो खेल प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्दश मावि र धम्बोझी माविले उपाधि प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा महिलातर्फ आर्दश मावि नेपालगन्ज र पुरुषतर्फ धम्बोझी माविले उपाधि जितेका हुन् । बाँके नेपालगन्जको रंगशालास्थित कबर्ड हलमा सम्पन्न भएको महिला भलिबलको फाईनल खेलमा आदर्श माविले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५–१६, २५–१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो । युनाईटेडले उपविजेतामै चित्त बुझायो । जयबागेश्वरी माविले सगरमाथा माविलाई २५–१९, २५–१६ ले पराजित गरेर तेस्रो भयो । यस्तै पुरुषतर्फ धम्बोजी माविले जय जनता मावि थपुवालाई २५–१६, २५–१६ ले पराजित गर्दै उपाधि जित्यो । यसैगरी मंगल प्रसाद माविले युनाईटेडलाई २५(१८, २४–२६ र २५–२२ ले पराजित गरेर तेस्रो भयो ।...
मालपोत कार्यालयका खरिदार घुस रकमसहित पक्राउ

मालपोत कार्यालयका खरिदार घुस रकमसहित पक्राउ

Breaking News 1
बाँके ःमालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत कर्मचारीसहित तीन जनालाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको छ । मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी ९विचौलिया० शान्ति पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको हो । अख्तियारले तिवारी रेष्टुरेन्टमा घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो । खरिदार पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी ९विचौलिया०मार्फत सेवाग्राहीसँग घुस मागेको अख्तियारको आरोप छ । खरिदार पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग २० हजार घुस लिई तिवारी रेष्टुरेण्टका संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार हरिचन्द्र पाण्...
कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

Breaking News 1
नेपालगञ्ज ः राष्ट्रिय परीक्षा वोर्डले लिने कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा बैशाष ११ गतेदेखी शुरु गराउने समय तालिका रहेतापनि विशेष परिस्थितीको कारण देखाउदै राष्ट्रिय परीक्षा वोर्डले बैशाख २१ गतेदेखी गराउने गरी समय तालिका निकालेर जानकारी गराएको छ ।
मृगौला प्रत्यारोपण सेवा शुरु

मृगौला प्रत्यारोपण सेवा शुरु

Breaking News 1, लुम्बिनी
डिलबहादुर शाही नेपालगञ्ज। बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा आजदेखी  मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको भेरी अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभएको छ । सुवेदीका अनुसार आज पहिलोपटक भेरी अस्पतालमा दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न शुरु भईसकोको जानकारी दिनुभएको छ । शहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोलीले आज भेरी अस्पतालल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण गर्न थालिएको हो । भेरी अस्पतालमा एक महिनामा एक जनाको मृगौला प्रत्यारोपण गरिने र आवश्यक जनशक्तिको व्यवस्था भएपछी मृगौला प्रत्यारोपणको संख्या वढाउदै लिने भेरी अस्पतालका अध्यक्ष विरेन्द्र शाहले वताउनुभएको छ । मृगौला प्रत्यारोपणका लागि डा.पुकार चन्द्र श्रेष्ठको टिम लगायत भेरी अस्पतालमा कार्यरत नेफ्रोलोजिष्ट डा. शौरभसिंह...

नरैनापुरमा आगलागीवाट १७ वटा घर जले

Breaking News 1
बाँकेको नरैनापुर वडा नं.४ मा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा जुमै खाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिएको थियो । बाँकेको दुर्गम गाउँपालिका नरैनापुर वडा नं. ०४ मा आगलागी हुँदा करीव १७ घर जलेर नष्ट भएको नरैनापुर(४ का वडाअध्यक्ष मनोजकुमार शर्माले जानकारी दिनुभएको छ । मंगलबार दिउँसो करिव २ः३० देखि सुरु भएको आगलागी बेलुकासन्म नियन्त्रणमा आएको र आगलागीबाट घरमा रहेका भित्र राखिएका अन्नपात, भाडा बर्तन, लुगा लत्ता जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । नेपालगन्ज र कोहलपुरबाट दमकल पठाइएको थियो नरैनापुर गाउपालिकामा दमकल भएतापनि चालु अवस्थामा नरहेको पाइृएको छ ।...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्णय र प्रक्रियागत अनियमितताको आरोप लगाउँदै इच्छुक जग्गादाता निवेदक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कडा विरोध जनाएका छन् । सोमबार नगरपालिकाका उपप्रमुख जोगराम चौधरीलाई नागरिक प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाउँदै निष्पक्ष छानबिनको माग समेत गरेका छन् । चार वर्षदेखि टुङ्गोमा पुग्न नसकेको जग्गा प्राप्ति प्रक्रियाबारे स्थानीयहरूले नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको नगर कार्यपालिकाको भूमिका असन्तोषजनक रहेको आरोप लगाएका छन् । ूनियम, कानुन र प्रक्रिया विपरीत भएका निर्णयहरूले नगरपालिकाको विश्वसनीयता कमजोर भएको छ । हामी निष्पक्ष निकास चाहन्छौँ,ू इच्छुक जग्गादाता निवेदक केशवराज जोशीको भनाइ छ । वादित निर्णयहरू र प्रक्रियागत अन्योल ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार, २...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज