
जेठ २६ रामेछाप। मुलुक कोरोना भाइरस (कोभिड—१९) का कारण संकटमा परेका बेला सक्षम स्मृति प्रतिष्ठान र निर्माण व्यवसायी एवं समाजसेवी रबि योञ्जनले क्यान्सर पीडितलाई खाद्यान्न र आर्थिक सहयोग गरेको छन् ।
हिमाल पहाड तराई कोहि छैन पराई भन्दै सुस्त गाउँपालिका वडा नं. – १ , फेचुवा , नवलपरासीका विगत ६ महिना अघिदेखि क्यान्सर पीडित भई पुरानो ठिमी बस्दैआएका कालिराम चौधरीको श्रीमति सावित्रीदेवी चौधरीलाई चामल, दाल, तेल, हट ब्यक, माक्स सहित आर्थिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति न्युजलाई जानकारी दिनुभयो ।
प्रतिष्ठानले एक दिनअगाडि मात्र सुनापति गाउँपालिका भित्र कोभिड पोजिटिभ बिरामी र स्वास्थ्यकर्मी लगायत २६० जनालाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खानेकुरा अन्डा, माक्स, सेनिटाइजर, साबुन, मन्जन, ब्रस गरी करिब दुईलाख पचास हजार बराबरको गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।
अध्यक्ष बलले आर्थिक अभाव रहेको थाहा पाएपछि छट्पटिएको क्यान्सर पिडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि सामाजिक कार्यमा आफ्नो सहयोग रहने बताउँदै चौधरीको स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले ९८११५४६५१३ सावित्रीदेवी चौधरीलाई र ९८५१००६०८७ प्रतिष्ठानलाई सम्पर्क गरि सहयोग गरिदिनुहुन अपिल गरेको छन् ।

बलले विगत लामोसमयदेखि आपतविपत बिरामी, दीनदुःखी, बेसारहरुलाई आफ्नो छाक काड्दै सामाजिक कार्यमा सक्रिय छन्।भने कोभिड—१९ का कारण अस्पतालमा, आइसियु, अक्सिजन नपाए छट्पटिरहेको बिरामीलाई अक्सिजन औषधि बोक्दै उपत्यकाको कोठा कोठामा पुगेका छन् ।
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।