Advertisement

English

अर्थमन्त्री वाग्लेले ७३ बुँदामा गरेको अर्थतन्त्रको चिरफार

१४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले १३ चैत २०८२ का दिन पदभार ग्रहणका बेला गरेको घोषणा अनुसार अर्थतन्त्रको वर्तमान स्थितिपत्र १४ वैशाख २०८३ मा सार्वजनिक गरे ।

‘नेपाल स्रोत, सम्भावना र सदिच्छामा समृद्ध भएर पनि सोच, संकल्प र शासकीय सदाचारको संकटले गर्दा समुन्नत हुन सकेन,’ ७३ बुँदामा अर्थतन्त्रको वर्तमान अवस्था चिरफार गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘अब मुलुकको अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ ।’

ठूल्ठूला परिवर्तनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा विगतमा समेत श्वेतपत्र सार्वजनिक गर्ने चलन थियो ।

सोही क्रममा अघिल्ला नेतृत्वलाई आलोचना मात्र गर्ने प्रवृत्ति छाड्दै अर्थमन्त्री वाग्लेले तुलनात्मक रूपमा सन्तुलित हुँदै आफूलाई प्रस्तुत गरे । विगतमा राम्रा कामलाई जस दिन कन्जुस्याइँ नगरेका उनले नेपाली अर्थतन्त्रको मुख्य चुनौती स्रोत अभावमात्र नभई अवधारणागत अस्पष्टता, संस्थागत कमजोरी र फितलो कार्यान्वयन रहेको उल्लेख गरे ।

‘यसबाट बाहिर निस्कन निरपेक्ष उदारीकरण मात्र पर्याप्त छैन,’ उनी भन्छन्, ‘अब आवश्यक छ, बृहत संरचनात्मक सुधार, जसले प्रतिस्पर्धा प्रवर्द्धन गर्छ, नवप्रवर्तन र प्रविधि आत्मसात गर्छ, नयाँ उद्यमीलाई प्रवेशको अवसर दिन्छ र अर्थतन्त्रलाई रेन्ट सिकिङबाट रोजगारी केन्द्रित दिगो वृद्धितर्फ रूपान्तरण गर्छ ।’
वाह्य चुनौतीको मारमा अर्थतन्त्र

अर्थ मन्त्रालयले पछिल्लो विश्व भूराजनीतिक तनाव र पश्चिम एसिया युद्धले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौती थप्ने स्वीकारेको छ ।

मन्त्रालयका अनुसार पश्चिम एसियाका १५ मुलुकमा साढे १७ लाख नेपाली कामदार छन् । यी मुलुकले कुल रेमिट्यान्सको ३७।४ प्रतिशत हिस्सा ओगट्ने गरेको तथ्यांक छ ।

मन्त्रालयका अनुसार युद्धका कारण आपूर्ति शृृङ्खलामा अवरोध आउँदा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य एक महिनामै ६० प्रतिशतले बढेको छ । यसले रासायनिक मलमा निर्भर नेपाली अर्थतन्त्रलाई थप प्रभाव पार्ने अर्थको विश्लेषण छ ।

यस क्षेत्रबाट निर्यात २ प्रतिशत र आयात ५ प्रतिशत हाराहारी हुने देखिन्छ । दोहा, दुबई र अबुधाबी जस्ता प्रमुख अन्तर्राष्ट्रिय ट्रान्जिट प्रभावित हुँदा पर्यटन र वैदेशिक व्यापारमा प्रतिकूल असर पर्ने मन्त्रालयको भनाइ छ ।

ग्रे लिस्ट जोखिम र स्तरोन्नति दिगोपनमा चुनौती

नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा ग्रे लिस्टमा छ । यसबाट हट्न ल्याइएका सुधारका प्रबन्ध कार्यान्यन अर्थपूर्ण र नतिजामुखी नभएको अर्थले बताएको छ । यसले आगामी दिनमा वैदेशिक व्यापार, लगानी र अन्तर्राष्ट्रिय बैकिङ कारोबारमा थप अड्चन आउन सक्ने आकलन गरिएको छ ।

अर्कातर्फ, मुलुक २४ नोभेम्बर २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ । विकास यात्रामा यो एक महत्त्वपूर्ण कोशेढुंगा भए पनि स्तरोन्नतिलाई दिगो बनाउनु चुनौति रहेको अर्थले बताएको छ ।

प्रतिव्यक्ति आयमा नेपाल कमजोर अवस्थामा छ । आर्थिक सामर्थ्य र आयस्तर विकासशील राष्ट्रको तहमा नपुगी हुने स्तरोन्नतिले अन्तर्राष्ट्रिय सुविधा कटौती र सहुलियतपूर्ण वैदेशिक सहायतामा कमी आउने जोखिम रहन्छ ।

मन्त्रालयले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा समेत अपेक्षित प्रगति हासिल गर्न नसकिएको बताएको छ । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्यको ६०।५ प्रतिशतमात्र प्रगति प्राप्त गर्न सक्ने अनुमान अर्थ मन्त्रालयको छ ।

सुशासनमा कमजोर, मानव विकास सूचकांकमा सुधार

अर्थ मन्त्रालयले भ्रष्टाचार नियन्त्रण र सुशासन पक्ष कमजोर रहेको निष्कर्ष निकालेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनललाई उद्धृत गर्दै मन्त्रालयले मुलुक अहिले विश्वका बढी भ्रष्टाचार हुने देशमा रहेको उल्लेख गरेको छ । यो अवस्थाले मुलुकको विकास र वैदेशिक लगानीको वातावरणमा नकारात्मक असर पार्ने मन्त्रालयले जनाएको छ ।
उता, मानव विकास सूचकांकमा भने क्रमिक सुधार भइरहेको भन्दै अर्थले प्राप्त उपलब्धि सन्तोषजनक नरहेको उल्लेख गरेको छ । सार्वभौम साख मूल्यांकनमा सुधार गर्दै लगानीयोग्य श्रेणीमा लैजानुपर्ने आवश्यकता समेत आर्थिक स्थितिमा देखाइएको छ ।

पछिल्लो मूल्यांकनमा नेपालको अवस्था बीबी माइनस र स्थिर परिदृष्यमा कायम छ । यसले मुलुक अर्थतन्त्रको लगानीका लागि मध्यम जोखिमयुक्त मानिन्छ । साथै, आफ्नो ऋण दायित्व पूरा गर्न सक्षम रहेको समेत अवस्था छ ।

अर्थले भनेको छ, ‘यो रेटिङ नेपालका लागि सकारात्मक प्रस्थान बिन्दु हो, जसले वैदेशिक लगानी भित्र्याउन र अन्तर्राष्ट्रिय मञ्चमा वित्तीय विश्वसनीयता कायम गर्न मद्दत पुर्‍याउँछ ।’

आर्थिक वृद्धि न्यून र अस्थिर

मन्त्रालयले आर्थिक स्थितिपत्रमा उल्लेख गरे अनुसार पछिल्लो एक दशकमा आर्थिक वृद्धिदर औसत ४।२ प्रतिशतमात्र छ । यस अवधिमा २।४ प्रतिशतको संकुचनदेखि ९ प्रतिशतसम्मको विस्तार अर्थतन्त्रमा भएको छ ।

अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रमा विस्तार हुँदा आय र उत्पादकत्व बढाउन नसकिएको अर्थले लेखेको छ । अर्थतन्त्र परम्परागत कृषिमा आधारित रहेको उल्लेख गर्दै अर्थ मन्त्रालयले यस क्षेत्रको वृद्धिदर एक दशकमा औसत ३ प्रतिशतमात्र रहेको बताएको छ ।
उद्योगको अवस्था कमजोर रहेको देखिन्छ । अर्थतन्त्रमा औसत ५।४ प्रतिशतको योगदान रहेको यो क्षेत्रको विस्तार एक दशकमा औसत २।९ प्रतिशतमात्र छ । अपर्याप्त लगानी, आयातित कच्चापदार्थमा अधिक निर्भरता, नवप्रवर्तन तथा उन्नत प्रविधिको न्यून अवलम्बन, उच्च उत्पादन लगायत जस्ता समस्यामा औद्योगिक क्षेत्र फसेको देखिएको छ ।

विद्युत् उत्पादनमा भने यो दशक प्रगतिउन्मुख देखिन्छ । मन्त्रालयका अनुसार २०६८ सालसम्म ६९७।८५ मेगावाट विद्युत् जडित क्षमता रहेकोमा अहिले ४ हजार १ सय ५ पुगेको छ । जुन ६ गुणा बढी हो ।

मर्यादित रोजगारी अभाव

यसबीचमा सेवा क्षेत्रको विस्तार सन्तोषजनक रहे पनि मर्यादित रोजगारीका अवसर पर्याप्त मात्रामा सिर्जना हुन नसकेको देखिएको छ । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता बढेको छ ।

चौथो जीवनस्तर सर्वेक्षणको प्रतिवेदन उल्लेख गर्दै अर्थले बेरोजगारी दर १२।६ प्रतिशत रहेको बताएको छ । एक दशकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या वार्षिक २८।६ प्रतिशतले बढेको छ ।

प्राकृतिक स्रोतको समुचित उपभोग र पर्यटनमा चुक्यो मुलुक

अर्थ मन्त्रालयले प्राकृतिक स्रोतको समुचित उपभोगमा समेत मुलुक चुकेको उल्लेख गरेको छ । जलविद्युत्, वन र खनिज स्रोत उपयोग गरी समृद्धि र आत्मनिर्भरतासँग जोड्न नसकिएको अर्थले लेखेको छ ।

 

अर्कातर्फ, बाह्रै महिनाको गन्तव्य बन्न सक्ने सम्भावना बोकेको पर्यटनबाट समेत लाभ लिन नसकेको आर्थिक स्थितिपत्रमा उल्लेख छ । कमजोर हवाई तथा सडक पूर्वाधार, नयाँ निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल क्षमता अनुसार चल्न नसक्नु, राष्ट्रिय ध्वजावाहकको कमजोर सेवालाई मुख्य समस्या मानिएको छ ।
अर्थतन्त्रमा पूँजी निर्माण कमजोर

अर्थ मन्त्रालयले यस अवधिमा कुल गार्हस्थ बचत न्यून रहेको र लगानीको खाडल फराकिलो रहेको उल्लेख गरेको छ । यसमा रेमिट्यान्सको आय बढ्दा कुल राष्ट्रिय बचतमा सुधार देखिएको हो । राष्ट्रिय बचतको सहज अवस्थाले लगानीको अवसर रहेको संकेत गर्छ तर, व्यावसायिक वातावरण नहुँदा निजी क्षेत्रको उत्साह बढ्न नसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आव २०७४र७५ मा जीडीपीको अनुपातमा कुल लगानी ३९।५ प्रतिशत रहेकोमा अहिले २८।१ प्रतिशतमा सीमित रहेको छ । सरकारको कमजोर पूँजीगत खर्च र निजी क्षेत्रको लगानीमा आएको कमीले समग्र लगानीको अवस्था खस्किएको हो ।

आयात र उपभोगमा आधारित राजस्व

पछिल्ला वर्षहरूमा राजस्व परिचालनमा समेत मुलुकले कमजोर प्रदर्शन गरिरहेको प्रतिवेदनले देखाएको छ । पछिल्ला ५ वर्षयता राजस्वको औसत वृद्धिदर ८।७ प्रतिशतमात्र छ । अर्कातर्फ, लक्ष्यको तुलनामा समेत परिचालन अवस्था कमजोर देखिन्छ ।

राजस्वको महत्त्वपूर्ण हिस्सा आयात तथा उपभोगमा आधारित रहेको अर्थले देखाएको छ । गैरकर राजस्वका दर समयानुकूल परिमार्जन हुन नसक्नु तथा लागत प्रभावी समेत नहुँदा कुल राजस्वमा यसको हिस्सा ११ प्रतिशत हाराहारी मात्र छ ।

मन्त्रालयले राजस्वको दायरा बढाउनुपर्ने आवश्यकता समेत आर्थिक स्थितिपत्र मार्फत देखाएको छ । अहिले कुल आन्तरिक राजस्वको ५१ प्रतिशत हिस्सा १ सय ठूला करदाताले मात्र तिर्छन् । अर्कातर्फ, अनौपचारिक अर्थतन्त्रको आकार ठूलो हुँदा समेत करको आधार साँघुरो भएको मन्त्रालयको विश्लेषण छ ।

बजेट आकार यथार्थ छैन, पूँजीगत खर्च कमजोर

लक्ष्य अनुसार स्रोत व्यवस्थापन नहुनु र बजेट विनियोजनको आकार महत्त्वकांक्षी हुने अवस्थालाई अर्थले उल्लेख गरेको छ । २०७२र७३ मा विनियोजनको तुलनामा खर्च ८६ प्रतिशत थियो । २०८१र८२ मा ८१।३ प्रतिशतमा सीमित छ ।

 

अर्कातर्फ, पूँजीगत बजेट विनियोजन, खर्च र गुणस्तर कमजोर हुँदा आर्थिक वृद्धि प्रभावित भएको अर्थको विश्लेषण छ । एक दशकयता पूँजीगत खर्च वार्षिक कुल संघीय खर्चको औसत १९ प्रतिशतमात्र छ । विनियोजनको तुलनामा पूँजीगत खर्च औसत ६४।१ प्रतिशतमात्र छ ।

यस अवधिमा चालु खर्च हिस्सा भने बढिरहेको देखिएको छ । सरकारी संरचनाको पुनर्संरचना, तीन तहका सरकारबीच स्पष्ट कार्य विभाजन, संघीय निकायको अनावश्यक संख्या र कर्मचारी कटौती मार्फत चालु खर्च नियन्त्रण गर्नुपर्ने आर्थिक स्थितिपत्रमा उल्लेख छ ।

सार्वजनिक ऋणमा निर्भरता बढ्दै

अर्थ मन्त्रालयका अनुसार बजेट घाटा विस्तारले सार्वजनिक ऋणमा निर्भरता बढाएको छ । उच्च चालु खर्च र राजस्वको न्यून वृद्धिले यस्तो अवस्था आएको हो । अहिले ऋण तिर्न ऋण नै लिनुपर्ने जोखिम रहेको अर्थले बताएको छ ।

संघीय सरकारको सञ्चित कोष घाटामा छ । साथै, भुक्तानी हुन बाँकी सरकारी दायित्व समेत उच्च रहेको अर्थको तथ्यांक छ । तथ्यांक अनुसार अहिले १० खर्ब ३० अर्ब बराबरको बहुवर्षीय ठेक्का सहमति उपलब्ध गराइएकोमा ८ खर्ब ६ अर्ब बराबरको ठेक्का लागेको छ ।

त्यस्तो सम्झौताबाट ३ खर्ब ९४ अर्ब बराबरको भुक्तानी भएको छ भने ४ खर्ब २ अर्ब बराबरको भुक्तानी चालु आवलाई सरेर आएको छ । कमजोर आर्थिक अनुशासनका कारण बेरुजु समेत उल्लेख्य बढेको देखिएको छ ।

मन्त्रालयका अनुसार २०७२ सालमा सार्वजनिक ऋण ५ खर्ब ४४ अर्ब रहेकोमा फागुन मसान्तसम्म २८ खर्ब ७८ अर्ब पुगेको छ । बजेटको कुल २४ प्रतिशत बराबर खर्च अहिले ऋणको साँवाब्याज भुक्तानीमा खर्च हुने गरेको छ ।

प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर

प्रदेश र स्थानीय तहको समेत खर्च क्षमता कमजोर रहेको देखिन्छ । मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा प्राविधिक तथा व्यवस्थापकीय क्षमता सीमित हुँदा विनियोजन स्रोतको पूर्ण उपयोग हुन नसकेको बताएको छ ।

समग्रमा प्रदेश र स्थानीय तहले समेत खर्च गर्न नसक्दा अर्थतन्त्रमा माग सिर्जना हुन नसेकेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०८१र८२ मा प्रदेश र स्थानीय तहको बजेट उपयोग क्षमता क्रमशस् ७१।३ र ७६।४ प्रतिशत छ ।

वित्तीय संघीयता लागु भएपछि संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल बजेटको २२।६ प्रतिशत रकम वित्तीय हस्तान्तरणका लागि विनियोजन भएको समेत अर्थले जनाएको छ ।

राजस्व बाँडफाँट मार्फत संघीय सरकारले संकलन गरेको करिब ११ प्रतिशत राजस्व समेत हस्तान्तरण हुँदै आएको छ । उता, कुल राजस्व संकलनमा प्रदेश र स्थानीय तहको योगदान भने १० प्रतिशत भन्दा पनि कम छ । तीन तहको सरकारको कुल खर्चमा प्रदेश र स्थानीय तहको खर्च करिब एक तिहाइ छ ।

ह्वात्तै घट्यो वैदेशिक अनुदान, सहायतामा ऋणको भार चुलियो

पछिल्लो एक दशकयता वैदेशिक सहायतामा ऋणको भार ह्वात्तै बढेको छ । वैदेशिक सहायता परिचालनमा वैदेशिक ऋणको हिस्सा बढ्दै र अनुदानको हिस्सा घट्दै गएको तथ्यांक छ ।

२०८१र८२ मा वैदेशिक ऋण हिस्सा ८१।१ प्रतिशत र अनुदान हिस्सा १८।९ प्रतिशत छ । २०७१र७२ मा वैदेशिक ऋण हिस्सा ५७।४ प्रतिशत र अनुदान हिस्सा ४२।६ प्रतिशत थियो ।

उता, समग्र वैदेशिक सहायता परिचालन नै घट्दो क्रममा रहेको समेत अर्थले जनाएको छ । १० वर्षमा वैदेशिक सहायताको कुल बजेटको वार्षिक औसत २१।५ प्रतिशत हिस्सा ओगटेको छ । २०८२र८३ मा भने यस्तो हिस्सा मात्र १४।६ प्रतिशतमा सीमित छ ।

वैदेशिक सहायतामा परिचालित परियोजना कार्यान्वयन सुस्त रहने र समयमै सोधभर्ना नहुँदा वैदेशिक सहयोग कमी भएको र नगद व्यवस्थापनमा समेत दबाब सिर्जना भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सार्वजनिक संस्थानमा गरिएको लगानीबाट समेत मुलुकले लाभ लिन नसकेको आर्थिक स्थितिपत्रमा उल्लेख छ ।

आर्थिक शिथिलताका कारण मूल्य स्थायित्व, वित्तीय क्षेत्रको अवस्था कस्तो रु

अर्थ मन्त्रालयले पछिल्ला वर्षहरूमा आर्थिक शिथिलता र मूल्यवृद्धिको वाह्य दबाब कम हुँदा मूल्य स्थायित्व कायम रहेको विश्लेषण गरेको छ । तर, दैनिक उपभोग्य वस्तुको मूल्यमा भने उतारचढाव आएको देखिन्छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन हुँदै गएको देखिएको छ ।

वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको आकार भने एक दशकमा उल्लेख्य बढेको अर्थले बताएको छ । तर, पछिल्ला वर्षहरूमा कर्जा विस्तार सुस्ताएको तथ्यांक अर्थले राखेको छ । एक दशकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप औसत १५।८ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार न्यून हुँदा यतिबेला लगानीयोग्य तरलता प्रचुर रहेको समेत देखिन्छ । अहिले ९ खर्ब ४ अर्ब रुपैयाँ बराबर अधिक तलरता छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको ब्याजदर अहिले नै न्यून अवस्थामा रहेको र यो घट्दो क्रममा रहेको देखिन्छ । जसबाट व्यवसायीले न्यून ब्याजदरको लाभ लिन नसकेको र साना बचतकर्ताको आयको स्रोत संकुचनमा परेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा अनुपात बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको संख्यासमेत घट्दो क्रममा छ । मन्त्रालयका अनुसार समग्र वित्तीय पहुँच बढ्दै गए पनि कर्जाको पहुँच भने न्यून छ ।

लघुवित्त संस्थाका कारण वित्तीय पहुँच बढेको अर्थको विश्लेषण छ । विद्युतीय भुक्तानीबाट हुने कारोबार बढेको छ । बीमाको दायरा फराकिलो बनेको देखिएको छ । बचत तथा सहकारी संस्थाको नियमन र सुपरिवेक्षण भने कमजोर रहेको अर्थको भनाइ छ । पूँजी बजारको दायरा संकुचित रहेको र दोस्रो बजार कारोबारमा स्थिरता नरहेको अवस्था समेत अर्थले उल्लेख गरेको छ ।

वैदेशिक व्यापारमा आयात हावी, वाह्य क्षेत्र मजबुत

वाह्य क्षेत्रतर्फ वैदेशिक व्यापारमा संरचनात्मक असन्तुलन अवस्था छ । निर्यात दायरा साँघुरो र आयात हिस्सा अत्यधिक देखिएको छ । जसले व्यापार घाटा बढाएको छ । आयातमा पूँजीगत वस्तुको अंश कम र उपभोग्य वस्तुको हिस्सा अधिक छ ।

 

विपे्रषण आयका कारण वाह्य क्षेत्र स्थायित्व कायम रहेको छ । पछिल्लो दुई वर्षयता चालु खाता बचतमा छ । शोधनान्तर स्थिति उल्लेख्य बचतमा छ । यति हुँदाहुँदै विदेशी लगानी भने अपेक्षित वृद्धि हुन सकेको छैन । विदेशी विनिमय सञ्चिति समेत सुविधाजनक स्तरमा छ ।

यसबाहेक अर्थ मन्त्रालयले डिजिटल असमानता रहेको, नवप्रवर्तन प्रणाली फस्टाउन नसकेको र भौतिक पूर्वाधार विकासमा परिमाणले फड्को मारे पनि गुणस्तर कायम गर्न नसकिएको उल्लेख गरेको छ ।

तीव्र सहरीकरणले अवसरसँगै जटिल चुनौती सिर्जना गरेको देखिन्छ । यसबीच साक्षरता दरमा वृद्धि भए पनि गुणस्तर, सिप र बजार मागबीच तालमेल कमजोर रहेको अर्थले बताएको छ । स्वास्थ्य सूचकमा सुधार भए पनि सेवा गुणस्तरीय र सुलभ नभएको अर्थको विश्लेषण छ ।

नेपाल जलवायु परिवर्तनबाट उच्च जोखिममा रहे पनि यसको सामना गर्ने अनुकूलन क्षमता सीमित देखिएको छ । गरिबी घट्दै गए पनि गरिब र धनीबीचको खाडल निरन्तर बढ्दै गएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सामाजिक सुरक्षाको पहुँच विस्तार भए पनि यसको दिगोपनमा चुनौती थपिएको अर्थको विश्लेषण छ । साभार ःअनलाईन् खवर

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...

अर्थमन्त्री वाग्लेले ७३ बुँदामा गरेको अर्थतन्त्रको चिरफार

१४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले १३ चैत २०८२ का दिन पदभार ग्रहणका बेला गरेको घोषणा अनुसार अर्थतन्त्रको वर्तम...
छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

बागमती प्रदेस सहकारी तथा गरिबी निबारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनी नागरिक गरिबीको रेखामुनी हुन नहुने बताउँनु भएको छ । यसक...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io SLOT GACOR josueandshanice.com m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co api.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br m.laxaltandmciver.co api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn matiahkim.com sapphyre.uk carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com redmond.link maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com makapaka.jp rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu web.laboratoriocelada.com.ar ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app www.angelfall.net mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.qianduan.wiki web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk us.kylir.com tools.sharpsbeats.com pop.couper.io pop.jeonghyunkim.com tools.marburger-konvent.de pop.svenandersson.se pop.royrusso.com pop.computingeducation.de api.tomreznick.com api.jaredthenerd.com cpanel.pgloader.io cpanel.pinaxproject.com mail.heidisprouse.com mail.jan-ebert.com www.cv.inigoalonso.com file.collectionbureau.biz beta.jeremykao.com app.storystock.com pop.pamplonaswcraft.com pop.byungsoo.me pop.patwie.com pop.ivaberanova.cz ftp.flatmap.it pop.liam.geek.nz m.ryanoday.com pop.copper-engine.org pop.jhpoelen.nl pop.naturalecohouse.eu pop.exclamation.foundation pop.rzem.io pop.zinebbendhiba.com pop.qiqqa.org pop.mltop10.info pop.iliketomatoes.com pop.pbsoftware.cz pop.linked.solutions pop.gluesql.org pop.chikiu-jackie-lo.org web.rzem.io web.modulojs.org web.smithproxy.org web.linked.solutions web.kg-etechnik.de m.smithproxy.org m.linked.solutions m.tush.ar api.kryptomonitor-project.info home.rzem.io m.kayleelubick.com mbj5da6z.scoutmasterbucky.com slot77.maximeborry.com tasy0.maximeborry.com tasy21.maximeborry.com tas.maximeborry.com webdisk.scoutmasterbucky.com s1.bach.me.uk admin.bach.me.uk dev.status.bach.me.uk bc.common-ground.dev adressen.common-ground.dev cpanel.nomadicchronicles.com ftp.marie-manandise.net tools.dougo-chris.com apl.ntschutta.com cpcalendars.abeborker.com bnging.com tripleday.cn cassidy.codes autempsdevantsoi.fr dizzy.dev luisignac.io usherblog.site therealchrismartin.com therealchrismartin.com