Advertisement

English

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आयोगको प्राङ्गणमा देखिएको दृश्य हो यो । ११० समानुपातिक सांसद प्रमाणपत्र लिन आयोग पुगेका थिए ।

त्यहाँ पुगेका धेरैजसो सांसदले जेनजी आन्दोलनलाई सम्झिए । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडालाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सांसद बनाएको छ । उनी पनि प्रमाणपत्र लिन पुगेकी थिइन् ।

छोरा गुमाएकी रचना भावुक देखिन्थिन् । उनका आँखाबाट बारम्बार आँसु झरिरह्यो । ‘छोराको अनुहार मात्र आइरहन्छ । के गर्दै होला, कहाँ होला‘,’ रचनाको गला अवरुद्ध छ, आँखाबाट आँसु मात्र झर्छ ।

उनको मुख्य एजेन्डा सदनमा पुगेर जेनजी शहीद र घाइतेको आवाज उठाउने हो । ‘म राजनीति गर्न आएको होइन । हाम्रो छोराछोरीको टाउको छाती र गोडामा गोली हानिएको छ । उनीहरूको एजेन्डामा काम गर्न आएको हुँ,’ उनले भनिन्, ‘जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो ।’
जेनजी आन्दोलनमा खुट्टा गुमाएका मुकेश अवस्थीकी दिदी आकृति पनि समानुपातिक सांसद बनिन् । आन्दोलनका घाइते र उनीहरूका परिवारको साझा प्रतिनिधिको रूपमा बुझेकी छिन् उनले ।
‘म केवल एउटा परिवारको सदस्यको रूपमा मात्र नभई सडकमा जेनजीले उठाएको भ्रष्टाचार विरुद्धको आवाज र सुशासनको एजेन्डालाई सदनको रोस्ट्रमसम्म पुर्‍याउन आएको छु,’ उनले भनिन् ।
गत २३ भदौमा भएको जेनजी आन्दोलनमा उनका भाइ मुकेशलाई गोली लागेको थियो । मुकेश हाल उपचाररत छन् । सुशासन र भ्रष्टाचार अन्त्यका लागि जेनजी पुस्ताले सडकमा रगत बगाएका थिए । त्यो रगतलाई खेर जान नदिने संकल्प उनले गरिन् ।
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता मुख्य प्राथमिकता हो । विदेशमा रहेका नेपालीहरूले पनि ठूलो आशा र भरोसा गर्नुभएको छ,’ उनले भनिन्, ‘उहाँहरूले खोजेको परिवर्तन र समृद्धिलाई सार्थक बनाउन प्रयास गर्नेछु ।’
रास्वपाकै समानुपातिक सांसद हुन् समिना मियाँ । उनी डेढ वर्षीय छोरी बोकेर प्रमाणपत्र लिन आएकी थिइन् । ‘मातृत्वको जिम्मेवारीलाई साथमा राख्दै देशको नेतृत्वसम्म आइपुगेकी छुु,’ उनले भनिन्, ‘छोरीलाई साथै लिएर आएकी छु । महिलाका लागि घर, समाज र देश बनाउने बहुआयामिक जिम्मेवारी हुन्छ ।’ काखमा छोरी मात्र होइन, १० वर्षदेखि स्वास्थ्य सेवामा संलग्न उनले स्वास्थ्य सेवा सुधारको एजेन्डा पनि बोकेकी छिन् ।

‘यो शहीदको रगत र बलिदानबाट प्राप्त उपलब्धि हो । उत्साहितभन्दा ठूलो जिम्मेवारी महसुस गरेको छु,’ उनले भनिन्, ‘स्वास्थ्य प्रणालीको बेथिति हटाएर व्यवस्थित बनाउने योजना छ । स्वास्थ्यकर्मीको न्यून सेवा सुविधाका कारण विदेशिन बाध्य छन् । यो बाध्यात्मक अवस्थालाई चिर्न पहल गर्छु ।’
कांग्रेसकी गंगालक्ष्मी अवाल महिला र किसानको आवाज सदनमा उठाउन चाहन्छिन् । पूर्वप्राध्यापक र कृषि विज्ञसमेत रहेकी उनीसँग महिला हिंसाविरुद्ध कानुन र युवा स्वरोजगारमुखी शिक्षा र अर्गानिक कृषि क्रान्तिको एजेन्डा छ । ‘कृषिमा अर्गानिक क्रान्ति, युवाहरूलाई स्वदेशमै रोजगारी र महिलाहरूको सुरक्षा नै मेरो संसदीय यात्राको मुख्य मार्गचित्र हुनेछ,’ उनले भनिन् ।

एमालेकी समानुपातिक सांसद निता घतानी विभेदमुक्त शिक्षाको एजेन्डा बोकेकी छिन् । दलित, महिला र युवाको सशक्तीकरण तथा सामुदायिक विद्यालय भित्र हुने अंग्रेजीरनेपाली विभेदको अन्त्य गर्नुपर्ने छ,’ उनले भनिन्, ‘शिक्षा प्रणालीलाई मजबुत र युग सुहाउँदो बनाउनु युवा सांसदहरूको मुख्य दायित्व हो ।’

नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर बयक वाकरको सहायतमा प्रमाणपत्र लिन आएका थिए । उनी तत्कालीन माओवादी आन्दोलनका घाइते हुन् । ‘विधिको शासन, अपाङ्गता भएका व्यक्तिको मर्यादा र शहीदरबेपत्ता परिवारको न्यायको आवाज उठाउँछु,’ उनले भने, ‘हिजो व्यवस्था बदल्न लड्यौँ, अब भुइँमान्छेको जीवन बदल्न र सुशासन कायम गर्न संसद्बाटै लड्ने छौँ ।’
रास्वपाका समानुपातिक सांसद डा। राम लामा जलस्रोत र प्राज्ञिक सुधारमा जोड दिन्छन् । काठमाडौं विश्वविद्यालयका पूर्व अनुसन्धानकर्तासमेत रहेकी उनी जलस्रोत र ऊर्जाको विकासमार्फत आर्थिक क्रान्ति देख्छन् । ‘विश्वविद्यालयको अनुसन्धानबाट आर्जित ज्ञानलाई अब देशको नीति निर्माणमा लगाउने मेरो मुख्य लक्ष्य रहनेछ,’ उनले भने ।

रास्वपाकी सांसद पुनम अग्रवाल सुशासन र निजी क्षेत्रको सुरक्षामा जोड दिन्छिन् । उनी मेडिकल माइक्रोबायोलोजिस्ट र महिला उद्यमी हुन् । ‘लगानीमैत्री वातावरण, सुशासन र किसानका लागि मल–बीउको सहज उपलब्धता मुख्य एजेन्डा हो,’ उनले भनिन् ।

जेनजी आन्दोलनका अगुवा हुन् पुरुषोत्तम यादव । उनले तराईमा सिँचाइ भ्यू टावर संस्कृतिको अन्त्य र युवा पलायनको रोकथामको एजेन्डा अगाडि सारेका छन् । ‘हामीलाई देश स्विजरल्यान्ड होइन, नेपाल बनाउनु छ । नेता भनेको जनताको नोकर हो, शासक होइन,’ उनले भने, ‘हामी सत्तापक्ष भएका छौँ । तर नराम्रो काममा सदनबाट खबरदारी गर्छौं । बोल्न छोड्दैनौं ।’

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० सिट समानुपातिकबाट निर्वाचित हुन्छन् । जसमा समानुपातिकमा रास्वपाले ५७, कांग्रेसले २०, एमालले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएको थियो ।साभारः अनलाईन खवर

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आ...
नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा उपचारको क्रममा ...
मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

बाँकेैं, फागुन १७ गते । मधेशी एकता समाज अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्य...
करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

डिलबहादुर शाही नेपालगञ्ज ः २०८२ साल फाल्गुण २१ गते भएको प्रतिनिधी सभा निर्वाचन छिटफुट घटनावाहेक शान्त्तिपुर्ण रुपमा सम्पन्न भएको ...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपाल...

सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल

सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिक...
साकार कृषि सहकारीको  १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारीको १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारी संस्था लिमिटडे राप्तीसोनारी गाउँपालिका–६, टेपरी बाँकेको १४ औँ वार्षिक साधारणसभा शुक्रवार एकसाथ ६ स्थानमा सु सम्प...

बालुवाटारमा कसरी छिर्‍यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज