अर्थमन्त्री वाग्लेले ७३ बुँदामा गरेको अर्थतन्त्रको चिरफार
१४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले १३ चैत २०८२ का दिन पदभार ग्रहणका बेला गरेको घोषणा अनुसार अर्थतन्त्रको वर्तमान स्थितिपत्र १४ वैशाख २०८३ मा सार्वजनिक गरे ।
‘नेपाल स्रोत, सम्भावना र सदिच्छामा समृद्ध भएर पनि सोच, संकल्प र शासकीय सदाचारको संकटले गर्दा समुन्नत हुन सकेन,’ ७३ बुँदामा अर्थतन्त्रको वर्तमान अवस्था चिरफार गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘अब मुलुकको अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ ।’
ठूल्ठूला परिवर्तनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा विगतमा समेत श्वेतपत्र सार्वजनिक गर्ने चलन थियो ।
सोही क्रममा अघिल्ला नेतृत्वलाई आलोचना मात्र गर्ने प्रवृत्ति छाड्दै अर्थमन्त्री वाग्लेले तुलनात्मक रूपमा सन्तुलित हुँदै आफूलाई प्रस्तुत गरे । विगतमा राम्रा कामलाई जस दिन कन्जुस्याइँ नगरेका उनले नेपाली अर्थतन्त्रको मुख्य चुनौती स्रोत अभाव...











