Advertisement

English

कर्णाली विकास बैंक घोटालामा मिश्र परिवारको संलग्नता

नेपालगञ्जःबाँकेको नेपालगन्जस्थित कर्णाली विकास बैंकमा भएको तीन अर्ब २० करोड ११ लाख ५४ हजारको घोटालामा नेपालगन्जका एमाले नेता तथा बैंकका पूर्वअध्यक्ष पशुपतिदयाल मिश्रको परिवार नै संलग्न रहेको पाइएको छ । घोटालामा मिश्रका एकजना दाइ, २ जना छोरा र एकजना भतिजसमेत पाँच जनालाई प्रतिवादी बनाइएको छ । उक्त घोटालामा मिश्रका छोराहरू रामकरण मिश्र, डा। ओमप्रकाश मिश्र, दाइ शंकरदयाल मिश्र र शंकरका छोरा मोहनराम मिश्र प्रतिवादी रहेका छन् ।

मिश्र परिवारका यी सदस्यबाट दुई अर्ब ६ लाख ५४ हजार बढी रकम बिगो मागदाबी गरिएको छ । सबैभन्दा बढी डा।ओमप्रकाश मिश्रबाट एक अर्ब ६६ करोड १४ लाख ९९ लाख नौ सय तीन रूपैयाँ बिगो माग गरिएको छ । यसैगरी, पशुपतिदयाल मिश्रबाट ८२ करोड ४६ लाख २९ हजार, रामकरण मिश्रबाट ७ करोड, मोहनराम मिश्रबाट १ करोड ३५ लाख २५ हजार पाँच सय ७९ र शंकरदयाल मिश्रबाट १० लाख रूपैयाँ बिगो माग गरिएको छ ।

१। पशुपतिदलयाल मिश्र

पशुपतिदलयाल मिश्र २०६० सालदेखि डेभलपमेण्ट बैंकको सञ्चालक समितिको सदस्य रहेकोमा २०६६ साल साउन २ गतेदेखि मिति २०७५ साल फागुन ५ गतेसम्म बैंकको अध्यक्ष रहेका थिए । पशुपति दयालले ‘आर्थिक हैसियत समेत नभएका’ सन्तोष कुमार सिंहको नाममा अनाधिकृत रूपमा ऋण लिन मानसरोवर अम्युज्मेन्ट पार्क प्रालि खडा गरेको र उक्त कम्पनीलाई १५ करोड कर्जा दिएको पाइएको छ ।

उक्त कम्पनीबाट ब्याज वापतको रकम संस्थामा दाखिला नगरी नगराई कृतिम रूपमा सिष्टममा चढाई ऋणको ब्याज भुक्तानी गरेको समेत पाइएको छ । ऋणको ब्याज वापतको एक करोड छ्यालीस लाख उन्नाईस हजार नौ सय एकहत्तर रूपैयाँ नतिरी संस्थालाई हानी नोक्सानी गरेको समेत पाइएको अभियोगमा भनिएको छ ।

मिश्रले आफ्नै कम्पनीमा ऋण लिन नपाउने व्यवस्थालाई छल्न सिंहको नाममा कम्पनी खडा गरेको पाइएको छ । जब ऋण प्राप्त भयो त्यसपछि उक्त कम्पनीको सेयर पशुपति दयाल मिश्रको श्रीमती विमला मिश्र, छोराहरू राम करन मिश्र र ओम प्रकाश मिश्रको नाममा हासिल गराएको पाइएको छ ।

प्रतिवादी राजेन्द्र वीर रायले पनि मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा।लि। वास्तविक रूपमा पशुपती दयाल मिश्रको आफ्नो कम्पनी भएको बयान दिएका छन् । रायले ‘पशुपती दयाल मिश्रले कर्णाली डेभलपमेण्ट बैंकबाट कर्जा लिनको लागी मात्र सन्तोष सिंहलाई प्रयोग गरी कागजी रूपमा सन्तोष सिंहको नाममा डमी कम्पनी स्थापना गरी कर्णाली डेभलपमेण्ट बैंकबाट कर्जा लिइ मिश्रले प्रयोग गरेका हुन्,’ भन्ने बयान दिएका छन् ।

मिश्रले पनि प्रहरीसँगको बयानमा सन्तोषकुमार सिंहको नाममा दर्ता रहेको मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिको नाममा आफू सञ्चालक समितिको अध्यक्ष रहेको समयमा सञ्चालक समितिबाट कर्जा प्रवाह भएको बयान दिएको स्वीकारेका छन् । तर, उनले राजेन्द्रवीर रायले बयानमा खुलाएको कुरा तथ्यहिन भएको बताएका छन् । उनले बयानमा भनेका छन्, ‘मैले कर्जा स्वीकृत गर्ने समयमा मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालि सन्तोषकुमार सिंहको एकल कम्पनी रहेको थियो । व्यवस्थापन समूहबाट कर्जा स्विकृतीको लागि सञ्चालक समितिमा आए पश्चात म सञ्चालक समितिको अध्यक्ष रहँदा उक्त कर्जा स्वीकृत भएको हो ।’

तर, प्रहरीले मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्टको नाममा ऋण प्रदान भएपश्वात मिश्रले सो कम्पनी सञ्चालनमा ल्याउने क्रममा ‘संयोजक पशुपति दयाल मिश्र एंव मानसरोवार अम्यूजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालि’ उल्लेख गरी निमन्त्रणा कार्ड पठाएको प्रमाण अभियोग पत्रमा संलग्न गराएको छ ।

साथै, मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्टको लागी कर्जा स्वीकृत गर्दा प्रक्रिया मिचेर सोझै कर्जा उपसमितिबाट सिफारिस गरी सञ्चालक समितिले स्वीकृत गरेको देखिएको उल्लेख गरेको छ । मिश्रले अध्यक्ष रहँदा २०७१ साल असार १३ गते सञ्चालक समितिको बैठकबाट बैंकले हकप्रद सेयर जारी गरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम चुक्ता पूँजी पुरा गर्न सम्भव नभएकोले बैंकका सम्पूर्ण संस्थापक तथा सेयरधनीहरूले आ–आफ्नो सेयर कित्ताको नियमानुसार पर्न जाने हिस्सा अनुसारको रकम पछि हिसाब मिलान गर्ने गरी जम्मा गर्न लगाई सो रकम लाई कल इन एडभान्स शिर्षकमा राख्ने सर्वसम्मतले निर्णय गराएका थिए ।

उक्त निर्णय बमोजिम पशुपति दयालले २० लाख रूपैयाँ संस्थाकै निक्षेप अपचलन गरी गराई हकप्रद सेयर वापत रकम जम्मा गरेको गराएको देखिएको अभियोगपत्रमा उल्लेख छ । मिश्रले प्रहरीसँगको बयानमा भने, ‘मैले आफ्नो सेयर बापतको रकम दिएको हुँ । नगद दिएको हो वा चेक मार्फत दिएको हो मलाई हाल याद छैन,’ भन्ने बयान दिएका छन् ।

साथै उनले २०७२ पुस ७ गते नेपाल राष्ट्र बैंकले चेकबाट रकम भुक्तानी गर्दा, क्यास इन ट्रान्जिट गर्दा रहेको कमी कमजोरी हटाई सञ्चालन जोखिम न्यूनीकरण गर्न भनेकोमा उक्त निर्देशन विपरीत क्यास इन ट्रान्जिटको क्रममा नै बैंकको नगद रकम अपचलन गरेको देखिएको छ । नगदै जम्मा नगरी पाँच करोड चौरासी लाख पचहत्तर हजार रूपैयाँ जम्मा भएको देखाउने कार्यमा तत्कालिन कर्मचारीहरू वेद प्रकाश सिंह ठकुरी, मानबहादुर चौधरी र समजलाल चौधरीसँगै मिश्र पनि संलग्न रहेको अभियोगमा भनिएको छ ।

प्रतिवादी नारायणप्रसाद श्रेष्ठ शाखा प्रमुखको रूपमा कार्यरत रहेको अवस्थामा अठ्चालिस करोड अन्ठाउन्न लाख त्रिसठ्ठि हजार रूपैयाँ क्यास बुक इन ट्रान्जिट । भल्ट बुकमासमेत नचढाई अपचलन गर्ने काममा पनि संस्थाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय सँगैै पशुपति दयाल मिश्र समेतको मिलेमतो रहेको अभियोगमा दाबी छ ।

यसका साथै अपचलन मुद्दाका मुख्य प्रतिवादी रायले प्रहरीसँगको बयानमा ‘अपचलन बापतको रकम बैंकको पूँजी वृद्धि गर्ने र पशुपती दयाल मिश्र, निरज विक्रम शाह, दिनेश कुमार रावत, दिपा थापाले अन्य व्यक्तिगत काममा तथा घरजग्गाको कारोबारको लागी आवश्यक परेको बखत बैंकबाट लगी प्रयोग गर्ने, सो कुरा गोप्य राख्ने सहमती गरी रकम अपचलन गर्न सुरु गरिएको हो,’ भनेका छन् ।

पशुपतिले हकप्रद सेयर वापत ६६ लाख ११ हजार व्यक्तिगत लाभ लिएको, प्रतिवादी राजेन्द्र वीर रायबाट ६ लाख ५० हजार रकम लिएको, ऋणीमार्फत ६२ लाख लिएको र संस्थाबाट अनियमित रूपमा २३ करोड ३० लाख पाँच हजार ऋण प्रदान गरेको लगायत उनको संलग्नतामा ७८ करोड ७८ लाख ६३ हजार नगद अपचलन भएको देखिन आएको उल्लेख छ ।

उनले कर्णाली विकास बैंकलाई सामूहिक दायित्वमा पर्ने अनियमित कारोबार रकम अनाधिकृत कर्जा प्रवाह गरेको र व्यक्तिगत लाभ लिएको रकम गरी ८२ करोड ४६ लाख २९ हजार बिगो भराउन माग गरिएको छ ।

२। डा। ओमप्रकाश मिश्र

पशुपतिदयालका छोरा डा।ओमप्रकाश मिश्रले राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरी सकेपश्चात् अपराधिक दायित्वबाट बच्नको लागि आन्तरिक छानबिन समिति गठन गरी आफू र आफ्ना परिवारका अन्य सदस्यहरू पशुपतिदयाल मिश्र, रामकरन मिश्र, मोहनराम मिश्र र शंकरदयाल मिश्र समेतको अपराधिक दायित्वको ढाकछोप गर्ने कार्य गरेको आरोप लगाइएको छ ।

ओमबाट एक अर्ब ६६ करोड १४ लाख ९९ हजार बिगो माग गरिएको छ । उनले व्यक्तिगत लाभ लिएको १० लाख ४१ हजारसमेत गरी उक्त बिगो माग गरिएको उल्लेख छ । मिश्र सामूहिक दायित्वमा पर्ने अनियमित आर्थिक कारोबार रकम १४ करोड ५७ लाख १८ हजार, अनाधिकृत कर्जा प्रवाह गरेको एक अर्ब ५१ करोड ४७ लाख ३९ हजार ९७१ रूपैयाँका लागि जिम्मेवार रहेको अभियोगमा भनिएको छ ।

ओम बैंकमा २०७५ फागुन ६ गतेदेखि सञ्चालक समितिको सदस्य रहेकोमा मिति २०८० असारदेखि मिति २०८१ पुस १० गतेसम्म सञ्चालक समितिको अध्यक्ष रहेका थिए । मिश्रले हकप्रद सेयर बापत अपचलन भएकोमा बुबा पशुपतिदयाललाई जोगाउन झुटा विवरण तयार गरी लेखापरीक्षण प्रतिवेदन तयार गरेको अभियोग लगाइएको छ ।

ओमले नयाँ स्थापना भएका कम्पनीहरूलाई समेत ऋणीले निवेदन दिनासाथ पर्याप्त अध्ययन तथा विश्लेषण नगरी ठूलोे रकमको कर्जा प्रवाह गरेको, सञ्चालकहरूले खडा गरेका कम्पनीहरू तथा आर्थिक हैसियतसमेत नभएका ऋणीहरूको नाममा ऋण प्रदान गरेको पाइएको छ । यसैगरी एउटा ऋण चुक्ता गर्नको लागी अर्को ऋण दिएको, एउटा धितो नियमानुसार फुकुवा नगरी सोही धितोलाई कायम गरी ऋण प्रदान गरेको पाइएको छ ।

ओमले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत अनियमति आर्थिक कारोबार गरेको १४ करोड ५७ लाख १८ हजार, ऋणमार्फत अपचलन गरेको एक अर्ब ५१ करोड ४७ लाख ३९ हजार र व्यक्तिगत बिगो रकम १० लाख ४१ हजार माग गरिएको छ । मिश्र परिवारले ऋण लिने छिद्रको रूपमा अर्को व्यक्तिको नाममा स्थापना गरेको मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिमा ओमप्रकाश मिश्रले १ लाख ३४ हजार ७ सय ५० कित्ता सेयर लिएको पाइएको छ ।

यसैगरी उनका आफन्तहरू रामकरण मिश्रले १ लाख ६५ हजार एक सय ५० कित्ता, बिमला मिश्रको नाममा ७९ हजार आठ सय ५० कित्ता लिएको र कम्पनीको स्थापना गरिएका व्यक्ति सन्तोष सिंहको नाममा १० हजार कित्ता मात्रै कायम राखिएको पाइएको छ । ओमले आफूले लगानी गरेको कम्पनीको नाममा आफँैले ऋण दिने काम गरेको पाइएको पनि अभियोगपत्रमा उल्लेख छ ।

३। रामकरण मिश्र

पशुपति दयालका अर्का छोरा रामकरण मिश्रले कृषिसम्बन्धी व्यवसाय गर्न भनी बाँके समृद्धि एग्रो प्रालि नामक डमी कम्पनी स्थापना गरेको, त्यसका लागि जग्गा धितो राखेको तर र ऋणबाट कृषि कर्म नगरी जग्गा प्लटिङ व्यवसाय गरेको पाइएको अभियोगमा भनिएको छ ।

उक्त कम्पनीलाई कर्णाली डेभलपमेन्ट बैंकबाटै कृषि आवधिक कर्जा प्रदान गरिएको पाइएको छ । कर्जा प्रवाह गर्नुभन्दा अगाडी बाँके समृद्धि एग्रो प्रालिले कुनै आर्थिक कारोबार गरेको देखिँदैन । यस कम्पनीले ऋण लिने प्रयोजनको लागी मात्र कागजी रूपमा चुक्ता पुँजी बढाएको, कम्पनीको नाममा कर्जा स्विकृत गरेपश्चात् मात्र धितोमा राखिएको जग्गा कम्पनीको नाममा आएको पाइएको छ । साथै बाँके समृद्धि एग्रो प्रालिको नाममा कर्जा स्विकृत गर्ने क्रममा बैंकको अध्यक्ष डा। ओमप्रकाश मिश्र नै रहेको पाइएको छ । ‘आफ्नै सहोदर दाजुलाई वित्तीय स्वार्थअनुसार सञ्चालक समितिका अध्यक्ष ओमले कर्जा स्विकृत गरेको पुष्टी हुन्छ,’ अभियोगमा भनिएको छ ।

रामकरणले बैंकमा रहेको निक्षेपकर्ताहरूको बचत रकम आफूनिकट बैंकको सञ्चालक समितिको अध्यक्ष समेतलाई प्रभावमा पारी गलत, झुट्टा विवरण पेश गरी, कृत्रिम व्यवसाय खडा गरी, नक्कली ऋणी बनी पटक पटक कर्जा रकम थप गरी सात करोड दुरुपयोग गरेको अभियोग लगाइएको छ । उनले बुबा र दाजुको प्रभावको दुरुपयोग गरी ऋण स्वीकृत गराइ कर्जा चुक्ता पनि नगरेको पाइएको छ ।

४। शंकरदयाल मिश्र

पशुपतिदयालका दाजु शंकरदयाल मिश्र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनी हुन् । शंकरले हकप्रद सेयरको रकम १० लाखभन्दा बढीको कारोबारको स्रोत पुष्टि नगरेको, जम्मा गर्ने व्यक्तिको नाम उल्लेख नगरेको, जम्मा गर्नेको दस्तखत किर्ते गरेको देखिएको पाइएको छ । शंकरले नगदै जम्मा नगरी पाँच करोड ८४ लाख ७५ हजार रूपैयाँको गैरकानुनी रूपमा हकप्रद सेयर प्राप्त गरी अपचलन गरेको भनिएको छ ।

शंकरको नाममा सात लाख ४९ हजार दुई सय।बराबरको सेयर रहेको देखिन्छ । शंकरले हकप्रद सेयर लिनको लागी संस्थाको बचत अपचलन गरी गराइ दुई लाख ४९ हजार दुई सय रूपैयाँ व्यक्तिगत लाभ लिएको अभियोग लगाइएको छ । साथै उनले अन्य सेयर होल्डरहरूको समेत हिसाबमिलान गरी गराइ १० लाख जम्मा गर्न लगाएको देखिन आएको पाइएको छ ।

५। मोहनराम मिश्र

पशुपतिदयालका भतिजा एवं शंकरका छोरा मोहनराम मिश्र पनि कर्णली विकास बैंकको संस्थापक सेयरधनी रहेका छन् । मोहनरामले अन्य बैंकमा रहेको खाताबाट निकाली ल्याएको नगद रकम सम्बन्धित रजिष्टारमा अभिलेख नगरी नगराइ, अनियमित आर्थिक कारोबार गराइ आठ हजार नौ सय ९१ कित्ताले हुने ८ लाख ९९ हजार एक सय आपराधिक लाभ लिएको अभियोग लागेको छ ।

मोहनको नाममा पनि विभिन्न मितिमा ऋण प्रदान भएकोमा सो ऋण रकममध्ये ४५ लाख कर्जा चुक्ता गरेको देखाएका कागजातहरू नष्ट गरेको पाइएको छ । उनले ऋण रकम ८० लाख चुक्ता गरेको देखाउन कृत्रिम रूपमा भौचरहरू तयार गरेको, सो तयार गर्ने क्रममा रकम नै जम्मा नगरेको पाइएको छ । उनले ८१ लाख २६ हजार ऋण चुक्ता गरेको भन्ने तथ्य पुष्टि नभएको भनिएको छ ।

एक करोड ३५ लाख २५ हजार रूपैयाँ मिश्रले काका पशुपतिदयाल मिश्रसँग मिलेमतो गरी व्यक्तिगत रूपमा लाभ लिएको भन्दै बिगो माग गरिएको छ । साभार ःमिसन टुडे न्युज

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,

अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्...
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, ...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...
अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्...
रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz