बाँकेको नरैनापुर वडा नं.४ मा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा जुमै खाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिएको थियो ।
बाँकेको दुर्गम गाउँपालिका नरैनापुर वडा नं. ०४ मा आगलागी हुँदा करीव १७ घर जलेर नष्ट भएको नरैनापुर(४ का वडाअध्यक्ष मनोजकुमार शर्माले जानकारी दिनुभएको छ ।

मंगलबार दिउँसो करिव २ः३० देखि सुरु भएको आगलागी बेलुकासन्म नियन्त्रणमा आएको र आगलागीबाट घरमा रहेका भित्र राखिएका अन्नपात, भाडा बर्तन, लुगा लत्ता जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
नेपालगन्ज र कोहलपुरबाट दमकल पठाइएको थियो नरैनापुर गाउपालिकामा दमकल भएतापनि चालु अवस्थामा नरहेको पाइृएको छ ।
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।