पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,
अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्न खण्डमा क्षति पुगेपछि आइतबार बेलुकी देखि यातायात सञ्चालनमा समस्या भएको हो।
राजमार्गमा खसेको पहिरो पन्छाउने तथा क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। सडकको अवस्था र पहिरोको प्रकृति हेर्दा तत्कालै सबै स्थानमा यातायात सहज बनाउन कठिनाइ रहेको प्रशासनको भनाइ छ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंका अनुसार कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरेर पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको उनले बताए । ‘राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ। सडक खु...











