फेसबुक,युटयूव, एक्ससहितका एब दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध
काठमाडौँ । नेपाल सरकारले सूचीकरण नभएका फेसबुक,युटयूव, एक्ससहितका एब दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । ती सामाजिक सञ्जालहरू हाल नेपालमा बन्द हुँदैछन् ।
नेपाल सरकारका यो निर्णयलाई केहीले समर्थन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भयो भनेर विरोध गरिरहेका छन् ।
नेपनल सरकारको निर्णयको समर्थन गर्नेहरूले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताइरहेएका छन् । उनीहरूले सरकारलाई पनि सामाजिक सञ्जाल सधैँ बन्द जाने बाटोमा नभई यसलाई सूचिकृत गर्नको लागि पहल गर्न सुझाव दिएका छन् । विद्यार्थीको पढाई, साना व्यवसायीहरूको व्यापार लगायतमा केही समस्या देखिएकोले उनीहरूले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गरेर सञ्चालन ल्याउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।
गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी नेपालमा सूचीकरण न...











