लुम्विनी प्रदेश मुख्यमन्त्री आचार्यले प्रहरी अस्पताल नेपालगञ्जलाई ५० शैयाको अस्पताल वनाउने प्रतिवद्दता
डिल बहादुर शाही
नेपालगञ्ज। लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जमा करीव ९ करोडको लगानीमा नवनिर्मित भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको छ ।
उक्त भवनमा रहेको अप्रेसन थ्रियटर कक्षको अवलोकन गर्दे अप्रेसन थ्रियटरमा आवश्यक मेसिनरी सामानहरु उपलव्ध गराउने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विस्तार गरी सेवा थप गर्र्नका लागि प्रदेश सरकारको तर्फवाट पुर्यासहयोग रहने वताउनुभएको छ ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो,’यसलाई १५ शैयामा सीमित गर्नु हुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५...











