प्रथम नगर स्तरिय मेयर कप कार्यक्रम सम्पन्न
पूर्व खेलाडी समाज बाँकेले संचालन गरेका प्रथम नगर स्तरिय मेयर कप कार्यक्रम सम्पन्न भएको छ ।
सो खेल प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्दश मावि र धम्बोझी माविले उपाधि प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा महिलातर्फ आर्दश मावि नेपालगन्ज र पुरुषतर्फ धम्बोझी माविले उपाधि जितेका हुन् ।
बाँके नेपालगन्जको रंगशालास्थित कबर्ड हलमा सम्पन्न भएको महिला भलिबलको फाईनल खेलमा आदर्श माविले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५–१६, २५–१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो । युनाईटेडले उपविजेतामै चित्त बुझायो । जयबागेश्वरी माविले सगरमाथा माविलाई २५–१९, २५–१६ ले पराजित गरेर तेस्रो भयो । यस्तै पुरुषतर्फ धम्बोजी माविले जय जनता मावि थपुवालाई २५–१६, २५–१६ ले पराजित गर्दै उपाधि जित्यो । यसैगरी मंगल प्रसाद माविले युनाईटेडलाई २५(१८, २४–२६ र २५–२२ ले पराजित गरेर तेस्रो भयो ।...











