सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गरिएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर १५ माघदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव समापन गरिएको हो । नेपाल उद्योग व्यापार महासंघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा संचालन भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीको प्रमुख आथित्यतामा समापन भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि समेत...
















