बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्णय र प्रक्रियागत अनियमितताको आरोप लगाउँदै इच्छुक जग्गादाता निवेदक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कडा विरोध जनाएका छन् । सोमबार नगरपालिकाका उपप्रमुख जोगराम चौधरीलाई नागरिक प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाउँदै निष्पक्ष छानबिनको माग समेत गरेका छन् । चार वर्षदेखि टुङ्गोमा पुग्न नसकेको जग्गा प्राप्ति प्रक्रियाबारे स्थानीयहरूले नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको नगर कार्यपालिकाको भूमिका असन्तोषजनक रहेको आरोप लगाएका छन् । ूनियम, कानुन र प्रक्रिया विपरीत भएका निर्णयहरूले नगरपालिकाको विश्वसनीयता कमजोर भएको छ । हामी निष्पक्ष निकास चाहन्छौँ,ू इच्छुक जग्गादाता निवेदक केशवराज जोशीको भनाइ छ ।
वादित निर्णयहरू र प्रक्रियागत अन्योल
ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार, २...



















