प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित
महेन्द्रनगर – कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित प्राचिन सिद्धनाथ मन्दिरको अध्यक्षमा १७औ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचनबाट नायक पाँचौँ पटक निर्वाचित भएका हुन । नायक आप्ना निकटकतम प्रतिद्वन्द्वी बीर बहादुर खडकालाई १२०मतान्तरले पाखा लगाउदै अध्यक्षमा निर्वाचित भएका हुन । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक निर्वाचनबाट निर्वाचित भएका थिए ।
उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका थिए ।
सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९म...














