भूमि अधिकार तथा श्रमिक संगठनद्धारा भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष पन्तलाई बधाई तथा सम्मान
महेन्द्रनगर–भूमि समस्या समाधान आयोग कञ्चनपुरका नवनियुक्त अध्यक्ष नेत्रप्रकाश पन्तलाई भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बधाई तथा शुभकामना दिदै सम्मान गरेको छ । शुक्रबार महेन्द्रनगरमा भूमि अधिकार तथा श्रमिक संगठन कञ्चनपुरका अध्यक्ष सुरेश विकको अध्यक्षतामा गरीएको कार्यक्रममा प्रमुख अतिथि रहेका भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष पन्तलाई बधाई तथा सम्मान गरिएको हो ।
भूमि समस्या समाधान आयोग कञ्चपुरका अध्यक्ष पन्तलाई कार्यक्रममा फुल माला र खादा लगाएर सम्मान गरिएको भूमि अधिकार तथा श्रमिक संगठनका उपाध्यक्ष खिमा कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा संगठनका अध्यक्ष विकले जिल्लाको भूमिसम्बन्धी समसामयिक समस्याको बारेमा जानकारी गराउनुभएको उपाध्यक्ष कार्कीले बताउनुभयो । उनका अनुसार कार्यक्रममा स्वागत मन्तव्य श्रमिक संगठनका उपाध्यक्ष पार्वती भाटले राखेका थिए । दिएको छ ।
...




















