सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरवीर खड्काका अनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियमति बैठकका क्रममा भएको निर्णय अनुसार सम्झौता गरिएको हो ।
गाउँपालिकाले विभिन्न ४२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग ४७ बुँदे कार्यसम्पादन सम्झौता गरेको प्रमुख प्रशासकिय अधिकृत खड्काले जानकारी दिनुभयो । उहाँले शैक्षिक सत्र २०८३ को प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको बताउनुभयो ।
शिक्षा शाखा प्रमुख भूपालसिं बिष्ट र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरु बिच सम्झौता भएको हो । सम्झौतामा विद्यालय व्यव...











