चट्याङ लागेर एकजनाको मृत्यु
रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका १० बर्नेटीकी ४८ वर्षीया गणेशा ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरी प्रसाद पुनले वताउनुभएको छ ।
चट्याङ लागेर गम्भीर घाइते अवस्थामा रहेकी ओलीको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको थियो ।
उक्त शव पोष्टमार्टमपछि आफन्तलाई बुझाउने प्रहरीले वताएको छ ।...











