मालपोत कार्यालयका खरिदार घुस रकमसहित पक्राउ
बाँके ःमालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत कर्मचारीसहित तीन जनालाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको छ । मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी ९विचौलिया० शान्ति पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको हो ।
अख्तियारले तिवारी रेष्टुरेन्टमा घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो । खरिदार पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी ९विचौलिया०मार्फत सेवाग्राहीसँग घुस मागेको अख्तियारको आरोप छ ।
खरिदार पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग २० हजार घुस लिई तिवारी रेष्टुरेण्टका संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार हरिचन्द्र पाण्...











