कार्यालय सहायक कोईली शाही झुण्डिएको अवस्थामा फेला
नेपालगञ्ज ः लुम्विनी प्रदेश रुकुम पूर्वको सिस्ने गाउँपालिका कार्यालय सहायक पदमा कार्यरत कोईली शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
गाउपालिकाको प्रशासन शाखामा० मा कार्यरत शाही सिस्ने गाउँपालिका ५ स्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको स्थानिय प्रशासनले जानकारी दिएको छ ।
रुकुम पुर्व सिस्ने गाउपालिका वडा नम्वर ६ खोपिचार निवासी २३ वर्षीया शाही झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
घटना शुक्रबार राती नै भएको हुन सक्ने प्रहरीको अनुमान छ । शाहीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको छ । पोष्टमार्टमपछि मात्रै सबै कुरा खुल्ने प्रहरीको भनाइ रहेको छ ।...











